जाजरकोटका भुकम्प पिडितहरुलाई आफ्नो २ महिनाको सेवासुविधा प्रदान गर्दै गाेदावरीका मेयर भट्ट


अत्तरिया :  कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले जाजरकोटका भुकम्प पिडितहरुलाई आफ्नो २ महिनाको सेवासुविधा प्रदान गर्ने भएका छन । शुक्रबार राती गएको भुकम्पका कारण पिडित बनेका नागरिकहरुका लागि नगरप्रमुख भट्टले आफुले पाउने २ महिनाको सेवासुविधा उपलब्ध गराउने भएका हुन ।

उनले भुकम्पका कारण ठुलो मात्रामा भएको जनधनको क्षतीमा अलिकति भएपनि राहत पुगोस भन्ने हेतुले आफुले सहयोग गरेको बताए । उनले देशमा ठुलो विपत्ति आएकाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत अनुरोध गरेका छन। यस्तै नगरपालिकाले पनि भुकम्प पिडितहरुका लागि १ लाख रुपैया सहयोग गर्ने भएको छ । नगरपालिकाले शनिबार एक सुचना जारी गर्दै नगरपालिकाका तर्फबाट भुकम्प पिडितलाई १ लाख रुपैया उपलब्ध गराउने जनाएको हो ।

भुकम्प पिडितहरुको उद्दार र पुर्नस्थापनका लागि उक्त रकम सहयोग गरिएको सुचनामा उल्लेख गरिएको छ । उक्त रकम पिडितहरुको उद्दारका लागि नेपाल सरकारलाई उपलब्ध गराईने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0