सुदुरपश्चिम प्रहरीद्वारा गुनासो गर्न मिल्ने ‘क्युआर’ काेड सार्वजनिक


धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरीले गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरेको छ।

आज (शुक्रबार) एक कार्यक्रमकाबिच गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले बताए।

क्युआर कोड मार्फत प्रहरी सेवा प्रतिको सन्तुष्टि, गुनासो तथा सुझाव सोझै जिल्ला प्रहरी प्रमुख समक्ष पुग्ने सजिलो माध्यम बनाएको उनले बताए।

उजुरी पेटिकाले मात्र गुनासा व्यवस्थापन प्रभावकारी नभएकाले प्रविधिमार्फत उजुरी तथा गुनासा सुनुवाई गर्न यस्तो सेवा प्रदेश प्रहरी कार्यालले सुरु गरेको  समेत वताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0