गोदावरी ४ बास्कोटामा करिब ५ सयको संख्यामा गाईगोरु राख्न मिल्ने गरी संरक्षण केन्द्र निर्माण गरिँदै 


अत्तरिया: कैलालीको बास्कोटामा गाईगोरु संरक्षण केन्द्र निर्माण गरिने भएकाे छ । जिल्लाको गोदावरी नगरपालिका-४ मा बास्कोटा सामुदायिक वन उपभोक्ता समूहले गाईगोरु संरक्षण केन्द्र निर्माण गरिरहेको हो ।

समूहकी संयोजक कृष्णा जोशीले छाडा पशुचौपाया व्यवस्थापनका लागि गाईगोरु संरक्षण केन्द्र निर्माण थालिएको बताइन् । उनका अनुसार केन्द्रका लागि जग्गा छुट्याएर घेरबार र ग्राभेल गरिएको छ । भवन निर्माण कार्य भने तिहार पछि हुनेछ ।

‘अस्ति १३ गते वनको १६औँ वार्षिक साधारणसभा मनायौँ । त्यही दिन गाईगोरु संरक्षण केन्द्रको पनि बोर्ड राखेर यो कामलाई औपचारिकता दियौँ, अब वडा वा पलिकाबाट सहयोग मागेर भवन निर्माण गर्ने योजना छ, नभए तिहारमा देउसीभैलो खेल्ने अनि चन्दा संकलन गरेर भए नि भवन निर्माण गरेर यसलाई पूर्णता दिनुपर्ला’, उनले भनिन् ।

करिब ५ सयको संख्यामा गाईगोरु राख्न मिल्ने गरी संरक्षण केन्द्र निर्माण थालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0