पेशागत बीमा अभिकर्ता संघ सुदूरपश्चिमको अध्यक्षमा पन्त सर्वसम्मत चयन


अत्तरिया :  पेशागत बीमा अभिकर्ता संघ नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा धर्मानन्द पन्त  सर्वसम्मत चयन भएका छन । बुधबार अत्तरियामा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा पन्तको नेतृत्वमा १८ सदस्यीय समित सर्वसम्मत चयन भएको हो ।

संघको प्रदेश उपाध्यक्षमा जानकी बोहरा, जानुका बराल, राम शरण रेग्मी, सचिवमा नरेन्द्र प्रसाद जोशी, महासचिवमा पदम बहादुर रोकाया, रेस्मा राना, ईश्वरी सिह ठगुन्ना र कोषाध्यक्षमा लीला प्रजापति चयन भएका छन ।

संघको प्रदेश सदस्यमा विमला शर्मा, महेश्वरी भट्ट, नामसरा कुमारी सिह, लक्ष्मी देवी भण्डारी, कालुराम चौधरी, दिलानन्द अवस्थी, भक्त बहादुर कुँवर, रमेश रावल र राजेन्द्र गिरी चयन भएका छन ।

पेशागत बीमा अभिकर्ता संघ ट्रेड युनियनका केन्द्रिय सदस्य मष्टि प्रसाद जैशीको सभापतित्वमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि पेशागत बीमा अभिकर्ता संघ ट्रेड युनियनका केन्द्रिय उपाध्यक्ष महेश दत्त भट्ट रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0