गेटामा विश्वविद्यालय खोल्ने विधेयक राष्ट्रिय सभामा स्वीकृति


राष्ट्रिय सभाको मंगलबारको बैठकले विधेयकलाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाउन स्वीकृति प्रदान गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0