कैलालीकाे जानकी गाउँपालीकामा गरे छोराले बुवाको हत्या


 

कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ३ लाइकपुरमा एक जनाले आफ्नै बुवाको हत्या गरेको खुलेको छ । आफ्नै ४५ वर्षीय बुवा हिरासिंह चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले २४ वर्षीय गणेश चौधरीलाई शनिबर राति पक्राउ गरेको छ ।

आफ्नै घरको आँगनमा घरायसी बिवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले  छाेरा गणेशलाई पक्राउ गरेको हो।

यस घटनाकाे विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0