अत्तरिया : गोदावरी नगरपालिकाले ठुलो संख्यामा कर्मचारी आबेदन माग गरेको छ । दसैं बिदापछि कार्यालय खुलेको दिन आज (शुक्रबार) बिभिन्न पदमा दर्खास्त माग गरेकाे हो । जसमा कानुन अधिकृत देखी भान्से सम्म गरी २४ जनाको लागी दर्खास्त माग गरेको छ । नगरपालिकामा बिभिन्न पद खाली रहेकाले कार्यालयलाई अावश्यक कर्मचारी पदपुर्तीको लागी दर्खास्त मागिएको नगरपालिकाले जनाएको छ ।