बझाङमा स्वाथ्यकर्मी माथि हातपात गर्ने २ जना पक्राउ


बझाङः बझाङमा एक स्वास्थ्यकर्मी माथि हातपात भएको छ । जयपृथ्वी अस्पताल प्रालि चैनपुरको फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मी माथि जयपृथ्वी नगरपालिका–१० चैनपुका सुदिप सुनार र सन्तोष कुवरले मंगलबार हातपात गरेका छन ।

डाक्टरको सल्लाह विना औषधी दिन सकिन्न भनेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी मदन खड्का माथि अभद्र व्यवहारसँगै हातपात गरिएको जयपृथ्वी अस्पतालले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

जयपृथ्वी नगरपालिका–१० चैनपुका सुदिप सुनार लगायतका व्यक्तिले अस्पताल फार्मेसीभित्र प्रवेश गरि प्रिगावलिन, ट्रामाडोल र कफट्याव डि भन्ने औषधि माग्न खोज्दा अस्पतालको फार्मासिष्ट खड्काले उक्त औषधि चिकित्सको प्रिस्क्रिप्सन बिना बिक्रि वितरण गर्न नमिल्ले बताएका थिए ।

त्यसपछि स्वास्थ्यकर्मी खड्कालाई गाली गर्नुका साथै उनीमाथि हातपात गरेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । स्वाथ्यकर्मी खड्का माथि मंगलवार हातपात भएको हो । हातपात गर्ने दुवै जनालाई नियन्त्रणमा लिएको बझाङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0