सृजनशिल युवा क्लवले बनायाे लिङ्गे पिङ, अत्तरिया उद्याेग वाणिज्यका अध्यक्ष बाेहराले गरे उद्घाटन


अत्तरिया :  पछिल्लाे समय लिङ्गेपिङ जोगाउन सृजनशिल क्लवका युवाहरु अग्रसर भएका छन्। गोदावरी नगरपालिका १ अत्तरियामा स्थित न्यू सृजनशिल युवा क्लवले नेपालीहरुको महान् चाड दशैं तथा तिहारलाई मध्यनजर गरेर लिङ्गे पिङ बनाएको छ। देशविदेशमा रहेका घरमा आउने घरको सबैभन्दा जेठो व्यक्तिबाट टीका लगाएपछि एक पटक भुई छाड्नुपर्ने मान्यतासँगै लिङ्गे पिङको ऐतिहासिक मान्यता गाउँघरमा अहिले पनि कायमै रहेको छ।
गाउँ र टोलमा लामो समयदेखि चल्दै आएको लिङ्गे पिङ हाल्ने र खेल्ने परम्परालाई यस वर्ष पनि बडादशैँमा सृजनशिल क्लवले निरन्तरता दिइएको छ । क्लवद्वारा निर्माण गरिएको पिङ्को शनिबार अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले रिबन काटेर उद्घाटन गरेका हुन्। उद्घाटन पश्चात् बोल्दै अध्यक्ष बोहराले नेपालीहरुको महान् चाड विजया दशमी तथा शुभ दिपावलीको शुभकामना व्यक्त गर्दै उनले अत्तरिया क्षेत्रकै पुरानो सृजनशिल युवा क्लवले लोपउन्मुख हुँदै गइरहेको लिङ्गे पिङलाई संरक्षण गर्नका लागी पिङ निर्माण गरेकोमा धन्यवाद व्यक्त गरेका थिए। उनले क्लवले यो मात्र नभई विभिन्न खेल देखि लिएर सामाजिक क्रियाकलापहरूमा समेत सहयोग गर्दै आइरहेको बताएसंगै क्लवलाई आवश्यक परेको बेला व्यक्तिगत तथा उद्योग वाणिज्य संघको तर्फबाट गर्ने सहयोग गर्ने प्रतिबद्दता समेत गरेका थिए।

स्थापनाकॉल देखि नै समाजिक सेवामा समर्पित सृजनशिल युवा क्लवले हरेक वर्ष बिजयादशमी तथा शुभदिपावलिको अवसरमा लिङ्गे पिङ बनाउने गरेको संगै यसवर्ष पनि लिङ्गे पिङको निर्माण गरेको हो। उक्त लिङ्गे पिङ सृजनशिल क्लबको खेलमैदान खुलामञ्चमा निर्माण गरेको छ। सृजनशिल युवा क्लवका सदस्य अनिश सिंहले लोपोन्मुख अवस्थामा रहेको लिङ्गे पिङलाई संरक्षण गर्न साथै खुशी साटासाट गर्ने तथा जमघट गरी मौलिक पर्बको रुपमा मनाउनका लागि यसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने गरेको बताए।

उनले यस्ता कार्यक्रमले बालबालिकाहरु तथा बृद्धबृद्धाहरुमा अझै बढी खुशी तथा मनोरञ्जन पाउने गरेको साथै युवाहरूमा आफ्नो कला, संस्कृति र मौलिकताको बारेमा जागरुक बनाउन लिङ्गेपिङ निर्माण गरेको बताए। निर्माण गरिएको लिङ्गे पिङ दशैं देखि तिहार अबधिभर रहने भएको संगै लिङ्गे पिङ खेलेर रमाउन अवलोकन गर्न यहाँका अधिकांश स्थानीय बासिन्दा लगायत यस क्षेत्र बाहेकका व्यक्तिहरू पनि आउने गरेको क्लवका सदस्य सिंहले बताए।

लिङ्गे पिङ निर्माण गर्नका लागी गोदावरी नगरपालिका २ अत्तरियामा रहेको मालिकार्जुन हार्डवेयर प्रा लि ले सहयोग गरेको छ। मुख्य प्रायोजक मालिकाअर्जुन हार्डबेयर प्रा लि रहेसंगै अत्तरियाको एस क्याफे एण्ड लज, संगम वाटर इन्डष्ट्रिज (स्प्रुजो) कम्पनीले सहयोग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0