बझाङका भूकम्प पीडित परिवारलाई राहत वितरण गरियाे


बझाङ : सुदूरपश्चिमेली नेपाली समाज साउदी अरवले ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालको समन्वयमा  बझाङका भूकम्प पीडित परिवारलाई राहत वितरण गरेको छ ।

सुदूरपश्चिमेली नेपाली समाज साउदी अरब र स्वदेश तथा विदेशमा रहेका  विभिन्न  सहयोगी दाताहरूको सहयोगमा गत असोज १६ गते बझाङ केन्द्र विन्दु बनाएर गएको भुकम्प प्रभावित क्षेत्रका करिब १६५ परिवारहरूलाई राहत वितरण गरिएको हो ।  

यसै क्रममा बझाङको खप्तड छान्ना गाउँपालिका वार्ड न २,३,४ र मष्टा गाउपालिका वार्ड न १ र २ मा व्याल्ङकेट, त्रीपाल, डसना र न्यानो लुगा लगायतको राहत सामाग्री वितरण गरिएको ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकी संस्थापक अध्यक्ष चन्दा ऐर चाँदनी जानकारी दिइन ।

बझाङमा गएको भूकम्पले प्रभावित भएका पीडित परिवारलाई संघीय सरकार , प्रदेश सरकारले आश्वासन मात्र दिएका बेलामा ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल नामक संस्थाले राहत वितरण गरेपछि दशैँको मुखमा प्रभावित परिवारमा केही हद सम्म भएपनि खुशियाली छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0