प्रतिभा सामुदायिक पुस्तकालयद्वारा ‘प्रतिभा’ वार्षिक मुखपत्र विमोचन


अत्तरिया :  कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले ‘प्रतिभा’ वार्षिक मुखपत्र विमोचन गरेको छ । शनिबार एक कार्यक्रमका बीच कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तको प्रमुख आतिथ्यतामा  ‘प्रतिभा’ वार्षिक मुखपत्रको विमोचन गरिएको छ ।

दशैँ, तिहार र छठ पर्वकाे शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रमका बीच गरिएको वार्षिक मुखपत्र विमोचन कार्यक्रममा प्रदेश सभा सदस्य खेमा देवी बिष्ट, गौरीगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बम लगायतका व्यक्तिहरू विशिष्ठ अतिथि  रहेका थिए ।

चौथो भागका रुपमा प्रकाशित ‘प्रतिभा’ वार्षिक मुखपत्रमा पुस्तकालयका गतिविधिका साथै बिभिन्न लेख, रचना समावेश गरिएको पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले बताएका छन ।

२०५७ सालमा स्थापना भएको प्रतिभा पुस्तकालयले २०७७ सालदेखि ‘प्रतिभा’ वार्षिक मुखपत्र प्रकाशन गर्दै आएको  अायाेजकले बताएकाे छ । 

‘प्रतिभा’ वार्षिक मुखपत्र १ हजार १ प्रति प्रकाशन गरिएको संस्थाका अध्यक्ष पुस्पराज जाेशीले बताएका छन । वार्षिक मुखपत्रको प्रधान सम्पादकमा दीर्घराज भट्ट, कार्यकारी सम्पादकमा भूपेन्द्र जोशी, सम्पादकमा लिलाधर बास्कोटा, कमला भट्टराई, हेमन्तराज जोशी (बाजे) रहेका थिए भने विभिन्न विधामा यहाका श्रष्ठाहरुलाई सम्मान समेत गरिएकाे अायाेजकले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0