धनगढीदेखि बझाङ जादै गरेको बस भीरमा अड्कियाे


बझाङः धनगढीदेखि बझाङ जादै गरेको बस भीरमा अड्किएको
छ ।

धनगढीबाट बझाङ जादै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १९८३ नम्बरको बस आज विहान भीरमा अड्केको हो। बझाङको जयपृथ्वी नगरपालिका-७ सुबेडा को (सिसानि )चौठ्या खोला मा ठुलो दुर्घटना बाट बचेछ । बस स्लिप खाएर भिरमा अड्केको बझाङ प्रहरीले बताएको छ। उक्त ठाउँमा फराकिलो सडक नहुँदा अहिले ठुला यातायात ठप्प रहेको र साना सवारीहरु भने सूचारु रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। अहिले बस निकाल्ने प्रयास भइरहेको  बताइएको छ। चौठ्या खोलाको बाढिको मसला लाई ब्यबस्थित नगर्दा सो दुर्घटना भएको सहजै अनुमान गर्न सकिन्छ । खोला मा आएको बाढि नै सडक मा जाने गरेको स्थानिय पुस्पराज जोशिले बताएका छन । सो खोला को बाढिले केहि बर्स अगाडि एउटा जिप पुरिदा ३ जनाको मृत्यु समेत भएको थियो । बर्सायाममा खोला मा आउने बाढिको बहावलाई सडक को दाया बाया जाने संरचना निर्माण गरेकोले सो स्थानमा दुर्घटना हुने जोखिम रहेको स्थानिय बताउन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0