कर्णाली रिभरकाे बस बझाङकाे सुवेडा खड्केताेला भीरमा अड्कियाे


बझाङः धनगढीदेखि बझाङ जादै गरेको बस भीरमा अड्किएको

छ ।

 

धनगढीबाट बझाङ जादै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १९८३ नम्बरको बस आज विहान भीरमा अड्केको हो। बझाङको जयपृथ्वी नगरपालिका-७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको बझाङ प्रहरीले बताएको छ। उक्त ठाउँमा फराकिलो सडक नहुँदा अहिले ठुला यातायात ठप्प रहेको र साना सवारीहरु भने सूचारु रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। अहिले बस निकाल्ने प्रयास भइरहेको  बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0