सुरु भयाे कैलालीको गेटामा अाेपीडी सेवा सहित १०० सैयाकाे अस्पताल , पहिलाे विरामी चेकजाच देवी प्रसाद वरालले गराए


अत्तरिया : कैलालीको गेटामा बुधवारबाट  अाेपीडि सहित अस्पताल सञ्चालनमा आएकाे छ। पहिलाे  चेकजाच गर्ने विरामी गाेदावरी नगरपालिका १ अत्तरियाका ६२ वर्षिय वृद्ध रहेका छन । भने विरामीकाे चेकजाच डा प्रमाेद जाेशी स्वयम् अाफै गरेका छन । अस्पतालमा याे समाचार तयार पार्दासम्म ८ जना विरामीले उपचारका लागी नाम दर्ता गराएकाे अस्पताल प्रसाशन ले वताए ।

अस्पताल सञ्चालनका लागि सहकायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन सहज भएको अस्पताल प्रशासनले वताएकाे छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा गेटा अस्पताललाई एक सय बेड क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो। साथै २०८० भदौ १३ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरको निर्णय अनुसार वार्षिक विकास कार्यक्रम स्वीकृती भई प्राप्त भएको एवं चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्वन्धि मार्ग दर्शन गेटा अस्पताललाई प्राप्त भएपछि अाजदेखि अस्पताल सञ्चालनमा अाएकाे अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले  बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0