प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालोझण्डा देखाइयाे
अत्तरिया : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालोझण्डा देखाइएको छ।
सोमबार दिउँसो कैलालीको मसुरीयामा प्रधानमन्त्री दाहाललाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन्।
प्रधानमन्त्री दाहाल कैलालीको लम्कीमा माओवादीका सुदूरपश्चिम उपाध्यक्ष कृष्ण बडुवालको श्रद्धाञ्जली सभालगायत विभिन्न कार्यक्रमका लागि सुदूरपश्चिम अाएका थिए। कालाे झण्डा किन देखाईयाे भन्नेकुरा बुझ्दा एम सि सि पास गरेकाे विषयमा विराेध गरेकाे भन्ने स्राेतले वताएकाे छ।







