थ्रीडिभिएल क्रियसन अत्तरियाकाे दाेस्राे साधारण सभा सम्पन्न : अध्यक्षमा ओझा चयन 


अत्तरिया : कैलालीको गोदावरी  २ मा रहेकोे सामाजिक संस्था थ्रीडिभिएल क्रियसनको अध्यक्षमा लोक राज  अाेझा चयन भएका छन ।आइतबार प्रतिभा सामुदायिक पुस्तकालयको सभा हलमा सम्पन्न भएको दोस्रो साधारण सभा तथा पहिलो अधिबेशनबाट ओझा चयन भएका हुन।

ओझा अत्तरियामा रहेको अल्फा फोटो फ्रेम कम्पनी एण्ड फिटङ्ग हाउसका संचालक हुन भने यसअघि समितिमा सचिव पदमा रहि कामगरेका  थिए । यस्तै संस्थाको उपाध्यक्षमा सुलभ धामी,सचीब क्षितीज साउद,सह-सचिबमा आकाश खड्का,कोषाध्यक्षमा डवल साउद चयन भएका हुन।

त्यस्तै सदस्यहरूमा धनसरा भण्डारी, चित्र शाहू , राजेश ओझा, तपराज भण्डारी चयन भएका समितिका अध्यक्ष अाेझाले बताएका छन् । कार्यक्रममा दिपक अाेझाकाे सभापतित्वमा भएकाे थियाे भने प्रमुख अतिथि डा लक्ष्मिराज पाठक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0