कैलालीको गोदावरी बसन्तपुरका १६ बर्षिय किशोर बेपत्ता


अत्तरिया : कैलालीको गोदावरीका एक किशोर बेपत्ता भएका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ बसन्तपुरका १६ वर्षीय विष्णु भट्ट बेपत्ता भएका हुन्।

उनका बुवा गणेशप्रसादका अनसार शुक्रवार साँझ साढे चार बजेदेखि उनी घरबाटै बेपत्ता भएका हुन्। उनी शनिवार बिहानसम्म सम्पर्कमा आएका छैनन्। घर–परिवार र आफन्तहरुकोमा खोजी कार्य जारी रहेको गणेशप्रसादले  मिडियालाई बताए।

उनलाई देख्नेले बुवा गणेशप्रसाद भट्टको ९८४९७३५२४० तथा ९८६१८६१०२८, ९८६२१५१४८३ मञ्जु र ९७४९८११८४३ मा सम्पर्क गर्न आफन्तले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0