इजरायलमा मारिएका विद्यार्थीको शव यथाशिघ्र ल्याउन नेपाल सरकारसंग माधव नेपालको माग


अत्तरिया :   पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इजरायल आक्रमणमा मारिएका विद्यार्थीको शव यथाशिघ्र ल्याउन सरकारसँग माग गरेका छन् ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा शुक्रबार आयोजना गरिएको मेची महाकाली अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कृषि सिप सिक्दै पैँसा कमाउन इजरायलमा रहेका बेला हमासको आक्रमणमा मारिएका विद्यार्थीको शव ल्याउन ढिलाई गरिएको बताउदै सरकारले यथाशिघ्र पहल थाल्नुपर्ने बताए ।

‘कृषि सिक्न र कमाउन गएका विद्यार्थीहरु मारिनु दु:खद हो । ती विद्यार्थीका परिवारलाई सरकारले राहात दिने घोषणा गर्नु र अल्पत्र भई सम्पर्कमा आएकाहरुको उद्दार गरि स्वदेश ल्याएकोमा धन्यवाद दिन चाहन्छु’ नेपालले भने –‘त्यहाँ मारिएका विद्यार्थीहरुको शव ल्याउन पनि सरकारले पहल गरोस् । सम्पर्कविहिन रहेका नेपाली युवाहरुको खोजी तथा उद्दार पनि चाडै होस् ।’

उनले अहिले अन्य केही राष्ट्रमा समेत नेपालीहरु असुरक्षित रहेकाले आफ्ना नागरिकलाई यथाशिघ्र सुरक्षित बनाउनतर्फ पनि गम्भीर बन्न माग गरेका थिए।

उनले गेटा मेडिकल कलेज सञ्चालनका लागि बनेको शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी बनेको विधेयकलाई चाडो संसदमा पेश गरेर अघि बढाउन समेत सरकारलाई दबाब दिने आश्वान दिएका थिए ।

उनले राष्ट्रमा गरिवि, वेरोजगारी, पछ्यौटेपन प्रमुख समस्या बनेको बताउँदै भने, ‘यी कुराको अन्त्यका लागि सरकारले नीति तथा योजना ल्याउनुपर्ने छ ।’

अहिले सरकार र कर्मचारीबाटै भ्रष्टाचारीको संरक्षण भएकै कारण आर्थिक अनियमितता बढेको आरोप नेपालले लगाए । ‘नेता र कर्मचारी भ्रष्टचारमा संलग्न हुनुहुन्न ।

यदि त्यसो भयो भने उनीहरूबाट बन्ने नीति तथा ऐनहरु स्वार्थसंग बाँझिएका हुन्छन्, ’ उनले भने । पार्टी यथास्थितीमा चल्न नसक्ने बताउँदै नेपालले नयाँ ढंगले अघि बढ्ने समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0