गोदावरी ४ को वडा भबन बन भित्रै बनाउन राजनैतिक दलका नेताहरु सहमत, भाेलि देखि नै काम सुचारु हुदै


अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले वडा नम्बर -४ को वडा कार्यालयकाे भबन वनमा बनाउनु आफुहरुको बाध्यता भएको बताएका छन ।

आज निर्माणाधिन वडा कार्यालय परिसरमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त कुरा जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै वडा अध्यक्ष हेमप्रकाश मल्लले सर्बदलिय बैठकबाट नै अहिलेको ठाउँ रोजिएको जिकिर गरे ।

वडा अध्यक्ष  मल्लले वन मास्ने वा बन अतिक्रमण गर्ने नियतले वडाको भबन बनाउन नखोजिएको प्रष्ट पारे । पत्रकार सम्मेलनमा सबै कृयाशिल राजनैतिक दलका स्थानिय नेताहरुको सहभागिता रहेको थियो । उनीहरुले वडा भबन निर्माणको पक्षमा एकबद्धता जनाएका थिए ।

नगरपालिकाले वडाको भबन स्थानिय  बसन्तपुर महिला सामुदायिक वन भित्र वनाउन शुरु गरेको खबर बाहिर आएपछि बन कार्यालयले निर्माण को कार्य नगर्न भनेको थियो ।

त्यस यता काम रोकिएको थियो । झण्डै १ करोड ३५ लाखमा भवन निर्माण गर्ने योजना भएपनि ठेक्का लगाउँदा ८७ लाख ४४ हजार ३ सय ६७ रुपैया (भ्याट सहित)मा काम भइरहेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0