थ्रीडीभिएल बहुउद्देश्यीय सहकारीको एक कार्यक्रमका बिच दाेस्रो वार्षिक साधारणसभा सम्पन्न


अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको थ्रीडीभिएल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार अत्तरियाको प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा संस्थाको दोस्रो साधारणसभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष दीपक ओझाको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक धनगढीका प्रमुख कृष्ण रावल रहेका थिए । यस्तै विशिष्ठ अतिथिमा सुदुरपश्चिममा अञ्चल बहुउद्देश्यीय सहकारी संस्थाकि प्रबन्धक रुपा जोशी, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नरेन्द्रबहादुर ऐर, गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए ।

२०७९ साल जेठ १२ गतेबाट ३७ जना शेयर सदस्यहरुको १ लाख ८५ हजार रुपैयाँको कारोबारबाट सुरुवात गरेको सहकारीले हाल ५० लाख भन्दा माथिको कारोबार गर्न सफल भएको साधारण सभामा जानकारी दिइएको थियो ।

संस्थाका अध्यक्ष ओझाले प्रस्तुत गरिएको प्रतिवेदन अनुसारसंस्थाको शेयर पुँजी गत वर्षर्को भन्दा ६ लाख ८६ हजार ले वृद्धि भई यस वर्ष ७ लाख ८१ हजार पुगेको छ । संस्थाको बचततर्फ गत वर्षको भन्दा ३६ लाख ७७ हजारले वृद्धि भई यस वर्ष ४२ लाख १ हजार रकम बराबरको निक्षेप संकलन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै संस्थाको कर्जातर्फ गत वर्ष सुरुवाती अवस्थामा लगानी सुन्य रहेको थियो भने हाल ३६ लाख २३ हजार बराबरको रकम संस्थाले कर्जामा लगानी गरेको छ । साथै संस्थाले आव २०७९÷०८० मा २६ हजार बराबरको रकम मुनाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0