कञ्चनपुरमा सुदुरपश्चिम स्तरिय काेड फेस्ट २०८० प्रतियोगिता सम्पन्न


हेमन्त अवस्थी /अत्तरिया : कञ्चनपुरमा सुदुरपश्चिम स्तरिय कोड फेस्ट २०८० (Code Fest 2080) प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार भीमदत्त नगरपालिका १ भासी स्थित रहेको ब्रिक्सटन कलेजको सभा हलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो। कोड फर चेन्ज (Code For Change) को आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगितामा कैलाली र कञ्चनपुरका ईन्जिनियरिङ र  आईटी कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा कञ्चनपुरको जनज्योति क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालय, ब्रिक्सटन कलेज, सिद्धनाथ विज्ञान क्याम्पस र कैलालीको नास्ट कलेजले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगीताबाट कैलालीको नास्ट कलेज उत्कृष्ट भई     प्रथम हुन सफल भएको हाे ।

कोड फर चेन्जका सुदूरपश्चिम प्रदेशका लिडर चन्द्र मोहन भट्टका अनुसार सन् २०१८ मा संस्था सञ्चालनमा आएपछि कोड फर चेन्जले यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिरहेको बताएका छन्। कार्यक्रममा सुदुरपश्चिमका अाईटीका सुभेच्छुक तथा विद्यार्थीकाे उल्लेख्य रुपमा सहभागिता रहेकाे अायाेजकले वताएका छन । सुदुरपश्चिम स्तरिय कार्यक्रममा छनाैट भएकाे नास्ट कलेजकाे टिमले असाेज २१ र २२       (Oct.8 -9) मा राष्ट्रिय स्तरकाे काेड फेष्ट प्रतियाेगितामा सहभागी हुने काेड फर चेन्जका अध्यक्ष भट्टले वताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0