कैलालीमा प्रहरीले गर्याे पाँच जना जुवाडे पक्राउ


अत्तरिया :  कैलालीबाट नेपाल प्रहरीले पाँच जना जुवाडे पक्राउ गरेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ बाँस्कोटाका लोकबहादुर खड्काको पसलबाट उनीहरू पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार ५५ वर्षीय मनिराज महतासहित पाँच जना पक्राउ परेका हुन। उनीहरूको साथबाट २० हजार पाँच सय ७० रुपैयाँ बरामद गरिएको छ। उनीहरूको साथबाट तीन जाेर ताससमेत बरामद गरिएको प्रहरीले वताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0