बुधवार (अाज ) धनगढीले दियो पहिलो दाहसंस्कार खर्च


अत्तरिया :  धनगढी उपमहानगरपालिकाले आज पहिलो दाहसंस्कार खर्च दिएर निःशुल्क दाहसंस्कारको सुरुवात गरेको छ।

उपमहानगरले घोषणा गरे अनुसार आज (बुधबार)देखि  दाहसंस्कार उपलब्ध गराउन सुरु गरेको हो। धनगढी उपमहानगरपालिका–७ बेलीका ७६ वर्षीय छङगा रानाको निधन भएपछि उनका परिवारलाई उपमहानगरले दाहसंस्कार खर्च उपलब्ध गराएको हो।

दाहसंस्कार गर्नुअघि परिवारका सदस्यहरूले धनगढी उपमहानगरपालिकाका नगर प्रहरीलाई जानकारी गराउनुपर्ने व्यवस्था समेत मिलाइएको छ। दाहसँस्कार पश्चात खबर गरे भने रकम नदिने उपमहानगरपालिकाले जनाएको छ। निःशुल्क टोल फ्री नम्बर १८१०५००००९० मा जानकारी गराएपछि नगर प्रहरीले सम्वन्धित घरमै पुगेर उपलब्ध गराइने उपमहानगरले मिडियालाई जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0