वाईफाई जडानमा वडा कार्यालयको अनुदान


बझाङ : बझाङ्को जयपृथ्वी नगरपालिकाको वडा नम्बर ७ ले वडा भरि फाईबर इन्टरनेट जडानमा अनुदान दिएको छ । जम्मा लगानिको आधा प्रतिशत वडा कार्यालयले व्यहोर्ने गरि अनुदान दिएको हो । स्मार्ट लिकं सर्भिस सेन्टर प्रा.लि. र मर्कनटाईल कम्युनिकेशन प्रा.लि.ले वडा का सबै बस्तिमा नेट को लाईन बिस्तारमा गरिरहेका छन् ।

अब वडाका धम्नाउ,ज्वाडा,छयाला ,खगेडा,रतालि, सिमखेत, किमतोला, बेडुखोला ,तमैल सम्मका बस्तीमा वाईफाईको लाईन विस्तार हुने भएको छ । वडा कार्यालयको करिब आठ लाख खर्च हुने अनुमान गरिएको वडा अध्यक्ष सिव राज जोशिले जानकारि दिएका छन । सेवाग्राहिले जडान खर्च मा छ हजार र मासिक रिर्चाज बाफत एक हाजर बुझाउनु पर्ने स्मार्ट लिकंका प्रतिनिधि जनक धामिले जानकारि गराए । यस भन्दा अगाडि पनि वडाका सरकारि कार्यालयमा मर्करटाइन कम्युनिकेशन प्रा.लि. ले नेट जडान गरिरहेको थियो तर सेवा गुणस्तरि भने दिएको थिएन । सेवा प्रदाएक सस्था सगँ सहजिकरण गरेर वडा भरि लाईन विस्तार गर्न लागेको यज्ञराज खत्रिले जानकारि गराएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0