धनगढीले नगरवासीलाई दाहसंस्कार खर्च ५ हजार दिने, शवबाहन र एम्बुलेन्स निःशुल्क गरिने


आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था देखेपछि नगर प्रमुख (मेयर) गोपाल हमाल नेतृत्वको उपमहानगरले दाहसंस्कार खर्च स्वरूप घरमै गएर ५ हजार सहयोग गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको आईतबार बसेको बैठकले दाहसंस्कारका लागि दाउरा खरिद गर्न मृतकको परिवारलाई ५ हजार सहयोग गर्ने निर्णय गरेको मेयर हमालले मिडियालाई जानकारी गराएका छन ।

उपमहानगरको नवौं स्थापना दिवसको अवसरमा आज सोमबार आयोजित कार्यक्रममा उनले अन्तिम संस्कारका लागि शवबाहन र बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिएकोे बताए ।

सेवाग्राहीले नगर प्रहरीबाटै शवबाहन र एम्बुलेन्स सेवा पाउन सक्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0