थारु समुदायमा अट्वारी पर्व मनाउदाँ सुदुरपश्चिमका थारु बस्तीमा बढ्यो उल्लास


अत्तरिया: सुदूरपश्चिम लगायतका थारु समुदायले आज अट्वारी पर्व मनाउदै छन्। अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका साथै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया जिल्लामा बसोबास गर्ने थारु जातिले मनाउँदै आएका छन्।

थारु बस्तीमा यो पर्वको उल्लास बढेको छ। अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो। अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन्।
‘भेंवा’ को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ। आइतवार भन्दा अघिल्लो राति ९शनिवार० दर खाने र आइतवार व्रत बस्ने गरिन्छ। व्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ। तर सूर्यास्तपछि खानपान पुरै बन्द गर्नु पर्ने हुन्छ।

त्यसपछि, सोमवार विहानै पूजापाठ अर्थात ‘फरहार’ गरिन्छ। बनाइएको विभिन्न परिकारहरुलाई दुई भागमा छुट्टाछुट्टै छुट्यान्छ। छुट्याएको भाग चेलीबेटीहरूलाई अग्रासन ९कोसेली० स्वरूप दिनको लागि राखिन्छ भने एक भाग व्रतालुहरूले उपभोग गर्छन्। जसलाई फरहार भन्ने गरिन्छ।

विधिपूर्वक सोमवार बिहानै पनि पूजापाठ गरेपछि फरहार गरेर भोजन ग्रहण पश्चात् अग्रासन दिन जाने प्रचलन रहेको छ। विवाहित चेलीबेटीहरूलाई माइती घरकाले अग्रसन दिने प्रचलन थारु समुदायमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0