डडेल्धुराको अमरगढी १ का वडा सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला


डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका- १ का वडा सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका छन्।

बैतडीको पाटन नगरपालिका-१ घर भएका ५८ वर्षीय पन्त मंगलबार बिहान अमरगढी नगरपालिकाकै स्याउले नजिक खाल्डोमा मृत भेटिएका हुन्।

पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताएका छन।

नायकका अनुसार पन्तको शव डडेल्धुरा अस्पतालमा लगिएको छ भने घटनाको अनुसन्धान भइरहेको वताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0