अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते, १ जना गम्भिर


अत्तरिया : कैलालीमा बिहीवार साँझ साढे छ बजेतिर दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–२ अत्तरियामा २ वटा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। डोटीबाट अत्तरिया तर्फ आउँदै गरेको मोटरसाइकल र अत्तरियाबाट गोदावरी तर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका हुन्।

घाइते हुनेमा सुपप्र ०१ ००८ प ७२९० नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१ का २८ वर्षिय भुवन विक, सुपप्र ०९ प १४४८ नम्बरको मोटरसाइकलका चालक डोटीको सायल गाउँपालिमा–९ का २५ वर्षिय चक्र कटुवाल र पछाडी सवार दिपक ऐर रहेका छन्। घाइते तिनै जनाको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेकोे छ।

उक्त दुर्घटनामा घाइते भएका विकको अवस्था गम्भिर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्र पालले मिडिया लाई बताए। अन्य २ घाइतेको अवस्था भने सामान्य रहेको  वताएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0