सुदूरपश्चिम सरकारले दियो ओल्के पर्वको अवसरमा भोलि (शुक्रवार) सार्वजनिक विदा


अत्तरिया : सुदूरपश्चिम प्रदेशमा भोलि (शुक्रवार) सार्वजनिक बिदा दिइएको छ । भदौ १ गते शुक्रवार ओल्के पर्व परेकाले उक्त पर्वको दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मान स्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर सुदूरपश्चिममा ओल्के मनाइने गरिन्छ ।

ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ। यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनि भन्नेगरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0