बझाङ प्रदेस सभा ‘ क ‘ उपचुनाबमा रस्साकस्सि


बझाङ : असार ५ गते गाडि दुर्घटनामा मृत्यु भएका बझाङ प्रदेश सभा ‘ क ‘का प्रदेश सभा सदस्यको मृत्यु भएको थियो । रिक्त रहेको सो पदका लागि सरकारले निर्वाचनको मिति घोषणा भने गर्न बाकि छ । यदि सरकारले निर्वाचन गरेमा सो पदका लागी राजनितिक दलहरुले भने आफ्ना आफ्ना संम्भावित उम्मेदवारको चर्चा तथा प्रचार गरिरहेका छन ।
करिब ६१ हजार मतदाता रहेको यस क्षेत्रमा ७४ मतदान स्थल रहेका छन् भने ९३ मतदान केन्द्र छन । तत्कालिन अवस्थामा सत्तापक्षिय गठबन्धन दल बाट नेपाली कांग्रेसले सो क्षेत्रबाट जितेको थियो । गठबन्धन बाट नेपालि काग्रेसका स्वर्गिय पृथ्वी बहादुर सिहं उम्मेदवार थिए । नेकपा एमाले बाट अफिलाल ओखेडा उम्मेदवार थिए भने राप्रपा बाट हरिलाल भट्टराई र राप्रपा नेपाल बाट कर्ण बहादुर खड्का अर्का उम्मेदवार रहेका थिए ।
१७,११२ मत ल्याएर पृथ्वी बहादुर सिहं विजयी भएका थिए भने उहाका निकटतम प्रतिद्घन्दी नेकपा एमालेका अफिलाल ओखेडाले १३,३३६ मत प्राप्त गरेका थिए । अहिले सो क्षेत्रका लागी पुनः राजनितिक दलहरु आफु निकटका उम्मेदवार उठाउने चर्चा गरिरहेका छन ।
नेपाली कांग्रेसको तर्फ बाट स्वं. सिहंका छोरा अभिसेक सिहंले अब हुने चुनावमा आफुले टिकट पाउनका लागी आफ्नो दलमा लबिङ गरिरहेका देखिन्छन । सिहं नेपाली कांग्रेस संस्थापन पक्ष देउवा निकटका हुन । यसै गरि सोहि दल भित्र अर्का पक्ष जगत प्रशाद जोशि पनि लबिङमै रहेका छन उनि कोईराला पक्षिय नेताका रुपमा जिल्लामा चिनिन्छन । महासचिव गगन थापा पक्षिय नेता जगत बहादुर सिहं पनि टिकट कै लबिङमा दौडिएका देखिन्छन । नेपाली कांग्रेस भित्र चन्द्रा जोशि , नन्दकृस्ण जोशि आकाङ्क्षी भएको देखिन्छन । नेपाली कांग्रेस का अधिकांस युवाहरु अभिसेक सिहंको पक्षमा वकालत गरिरहेका छन ।
त्यसै गरि नेकपा एमाले भित्रमा पनि आफुले टिकट पाएमा जितेर देखाउने अफिलाल ओखेडाको दाउ रहेको छ । नेकपा एमाले जिल्ला अध्यक्ष दमन भण्डारि पनि टिकटका लागी लबिङमा रहेका छन । जयपृथ्वी नगरपालिका का पुर्व मेयर विरेन्द्र खड्का पनि टिकटकै लबिङमा रहेका छन ।जिल्ला भित्र नेकपा एमालेका नेताहरु आफु निकटको नेतालाई टिकट दिलाएर रिक्त रहेको सो पदमा जिताउने दाउमा रहेका छन ।
सत्तापक्षिय दल नेकपा एकिकृत समाजवादि ले झन जिल्लालाई आफ्नो किल्ला बुझिरहेका बेला दिल बहादुर सिहंलाई टिकट दिएर निर्वाचनमा होमिने तयारिमा छ । नेकपा माओवादि केन्द्र भने केन्द्रका नेताहरुसगंको परामर्श पछि तयारि गर्ने मा छ । गत चुनावपछि सत्तापक्षिय नेपाली कांग्रेस का शिर्ष नेताहरुले तत्कालिन चुनावि गठबन्धन अन्तिम रहेको सार्वजनिक भासण गरिसकेका बेला आगामि गठबन्धन हुने नहुने केन्द्रकै निर्णयमा छ । जिल्ला मा आफ्ना पार्टि सदस्यता बृद्दि गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टि पनि केन्द्रकै निर्णयमा बसेको छ । गत चुनाबमा प्रदेश सभाको चुनाबमा सहभागी नभएको सो दल आगामि चुनावमा भने मतदाताहरुलाई के सन्देश दिएर जाने भन्नेमा जिल्लाका नेता अन्यौलमा देखिन्छन । बाम एकता गरि चुनाब मा होमिन सक्ने समेत बामपन्थि दलहरु आपसि परामर्शमा रहेका देखिन्छन । गत चुनाब को गठबन्धनमा नेपाली काङ्ग्रेस ले मत लुकाएको आरोप सहयात्रि दलहरुले लगाईरहेका बेला काङ्ग्रेसलाई सो पद आफ्नो पल्टामा पार्न सकस देखिन्छ । प्रतिनिधि सभा सद्स्यमा समेत झिनो मतान्तरले सत्ता गठबन्धन दलहरुले एमालेलाई पराजित गरेको थियो । यहि समयमा एमाले सो पद मा आफ्नो उम्मेदवार जित्ने आकलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0