राप्रपा गोदावरीले गर्याे बुढीतोलाका पहिरो पीडितलाई सहयोग


सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी बिष्टको प्रमुख आतिथ्यमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गोदावरी नगरसमितिले बुढीतोलाका बाढी पीडितलाई सहयोग गरेको हो ।

राप्रपाका प्रदेश ‘ख’ सचिव विराज बिष्टले बुढीतोलाका पहिरो पीडित ११ परिवारलाई सहयोग गरिएको बताएका छन । सहयोग सामग्री राप्रपा गोदावरीका अध्यक्ष एवम् सामाजिक अभियन्ता दुर्गा कुमार पोखरेलको संयोजकत्वमा संकलन गरिएको थियो ।

राप्रपाका प्रदेश ‘ख’ प्रमुख प्रकाश दत्त भट्ट लगायत युवा केन्द्रिय सदस्य, नगर युवा संयोजक, गोदावरी वडा नम्बर २ र ३ का पार्टी अध्यक्ष, राप्रपाका केन्द्रिय सदस्य, महिला नेतृ लगायतको सहयोगमा राहत सामग्री संकलन गरी वितरण गरिएको नगर अध्यक्ष पोखरेलले बताए ।

सहयोग वितरण कार्यक्रममा गोदावरी नगरपालिका – ४ का वडा सदस्य शेर बहादुर घर्ती मगरको समेत सहभागिता रहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0