कैलालीकाे बुढिताेलामा पहिराे परि ४ परिवार विस्थापित,झण्डै २०० मिटर सडक भासिदा भिमदत्त राजमार्ग नै अवरुद्ध


अत्तरिया : गाेदावरी नगरपालिका ४ बुढिताेलामा साेमबार राति भारी वर्षासंगै पहिराेे परेकाे छ । पहिराेमा परि २०० मिटरजति   सडक  भासिएकाे छ भने स्थानिय तक बहादुर बाेहराका २ परिवार तेसैगरि दिपेन्द्र अालेमगर र सेर सिह बाेहराका परिवार गरि ४ परिवार घरवार विहिन भएकाे स्थानिय समाजसेवी राजेन्द्र विष्टले वताएका छन ।

पहिराेले  गर्दा सडक सुचारुहुन २ देखि ३ दिन  सम्म लाग्नसक्ने  र अहिले सयाै यात्रुहरु सडकमा अलपत्र परेका स्थानिय समाजसेवी  राजेन्द्र बिष्टले वताएका छन । क्षतिकाे एकिन तथ्यांक  अाउन अझै वाकिरहेकाे छ । माैषम अहिले पनि सफाहुननसकेकाेले थप क्षति हुनसक्ने समेत स्थानियहरुले वताएका छन ।