गोदावरी नगरपालीकाद्वारा निशुल्क महाप्रस्थान यान संचालन


अत्तरिया : कैलालीको गोदावरी नगरपालीकाले निशुल्क महाप्रस्थान यान संचालनमा ल्याएकाे छ । बुधबार ( अाज) बाट निशुल्क महाप्रस्थान यान संचालनमा आएको हो । ३१ लाखको लगानीमा उक्त यान संचालनमा आएको  नगरपालिकाले वताएकाे छ ।

आफन्तको मृत्यु भएर शोकमा डुबेका परिवारलाई शव बोक्ने उपयुक्त वाहन नहुँदा पर्न जाने समस्यालाई मध्यनजर गरी महाप्रस्थान यान संचालन गरीएको नगर प्रमुख विरेन्द्र भट्टले बताएका छन् ।

यानभित्र पार्थिव शरीर र किरियापुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन समेत रहेको  छ ।

माहाप्रस्थान यानकाे  अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न मिल्ने व्यवस्था रहेकाे छ भने सो यान गोदावरी नगरपालीका क्षेत्र भित्र सञ्चालन हुने बताईएको छ ।