एक बर्षमा एक करोड १३ लाखको सिन्का किनेर दाँत कोट्याउँछन् नेपालीहरु
काठमाडौं : नेपालमा आर्थिक बर्ष २०७९/०८०मा रु. एक करोडभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्को (टुथपिक) आयात भएको छ ।
पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आर्थिक वर्षमा रु एक करोडभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्को (टुथपिक) आयात भएको हो।
विभागका अनुसार गत आवमा रु एक करोड १३ लाख ३७ हजार मूल्य बराबरको दाँत कोट्याउने सिन्को आयात भएको छ। बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया चीनबाट भित्रिने गरेको पाईन्छ।
त्यस्तै करिब रु एक करोड बराबरको कपडा झुण्ड्याउने ह्यङ्गर आयात भएको छ। विभागका अनुसार गत आवमा रु दुई करोड पाँच लाख ४९ हजार मूल्य बराबरको ह्याङ्गर निर्यात पनि भएको छ।
विभागका अनुसार गत आवमा रु एक करोड ७३ लाख ९१ हजारको सेफ्टी पिन र रु ६३ लाख १० हजार मूल्य बराबरको सियो आयात भएको छ । जसबाट सरकारले रु ६७ लाख ४९ हजार बराबरको राजस्व सङ्कलन गरेको तथ्यांक रहेकाे वभागले जानकारी गराएकाे छ।