अष्ट्रेलियाको एनआरएनए अध्यक्षमा अनिल पोख्रेल निर्वाचित


अष्ट्रेलिया : गैर आवासिय नेपाली संघ अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल बिजयी भएका छन् ।

आज सम्पन्न संघको निर्वाचनमा अध्यक्षका अन्य २ प्रतिश्पर्धी देब गुरुंग र डिलाराम खरेललाई पछि पार्दै उनले जीत हासिल गरेका हुन् । महासचिबमा पनि पोखरेलकै समूहबाट सन्तोष कुंवर बिजयी भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनमा ५ हजार २६६मतसहित पोख्रेल आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।

एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा डिला खरेल, देव गुरुङ प्रतिस्पर्धामा उत्रिएका थिए। उनका निकटतम प्रतिस्पर्धी देव गुरुङले ३ हजार ३८० मत पाएका छन्। यस्तै अध्यक्षका उम्मेदवार डिला खरेलले ३ हजार ३४७ मत पाएका छन्। तटस्थमा ६४० मत परेको छ।

सन् २०२३–२५ को कार्यसमितिको महासचिवमा संन्तोष कुँवर, सचिवमा थिरबहादुर गुरुङ, कोषध्यक्षमा अर्जन गौतम, संयुक्त कोषाध्यक्षमा रोजी पन्त, नारि निकुञ्ज संयोजकमा संगिता भण्डारी चापागाईँ र युवा संयोजकमा सुमन बोहोरा निर्वाचित भएका छन् ।

आइसिसी सदस्यहरुमा डा. भरतराज पौडेल, डिल्लीराम ढकाल, दिनेश अधिकारी, मदनराज पोडेल, नारायण कुमार कटुवाल, रमेश अधिकारी, सुजन अधिकारी र टिकाराम टिका भुर्तेल विजयी भएका अष्ट्रेलिया वाट मदन राज अवस्थीले  फारवेष्ट खबरलाई  जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0