अत्तरियामा भेडे खुर्सानीमा ६५ दशमलव ८५ प्रतिशत बिसादी भेटिदा भेडेखुर्सानी नष्ट, बिसादीकाे त्रासमा स्थानिय उपभोक्ता


अत्तरिया :  कैलालीको अत्तरियामा सल्यानबाट ल्याइएको भेडे  खुर्सानी तरकारीमा विषादी भेटिएपछि नष्ट गरिएको छ ।

अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाइमा गरिएको परिक्षणमा एक क्विन्टल बढी भेडे  खुर्सानीमा उपभोग गर्न नमिल्ने विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको हो। कार्यालयका बालि संरक्षण अधिकृत प्रमोद ठगुन्नाले भेडे  खुर्सानीमा ६५ दशमलव ८५ प्रतिशत अर्गानोफस्फेट रोकावट प्रतिशत भेटिएकाले नष्ट गरिएको बताए। उनले तरकारीमा ४५ प्रतिशत भन्दा बढी विषादीको रोकावट दर भेटिएमा विसर्जन गरिने समेत बताए ।

उक्त भेडे खुर्सानी कृषि उपज थोक बजार समितिको हाताभित्र रहेको एमके एग्रीकल्चर ग्रुप प्रालिमा भेटिएको थियो। विषादी फेला परेको भेडे  खुर्सानी शुक्रवार बिहान मात्रै ल्याइएको पसलका विक्रेता रमेश सुनारले बताए। यसअघि असार २४ गते बैतडीबाट ल्याएको ४ क्विन्टल टमाटरमा विषादी भेटिएपछि  नष्ट गरिएको थियो । पटक पटक तरकारिमा यसरी अत्याधिक बिसादी भेटिदा अाफुहरु तरकारी किन्दा दिनप्रतिदिन त्रसित हुदै गरेकाे स्थानिय एक उपभाेक्ता प्रेम साउदले वताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0