गोदावरीमा अपराधिक क्रियाकलाप बढ्दै ,बिहिवार लागुऔषध सहित २ जना पक्राउ


अत्तरिया :  कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्याउले बजारबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका ५ हसनपुरका ३२ वर्षीय सरद चौधरी र ३२ वर्षीय मधुसुदन पन्त रहेका छन् ।

उनीहरु दुवैजना स्याउले बजारमा लामो समय यता व्यवशाय गर्दैै आएका थिए । चौधरीको साथबाट ६ सय ग्राम ७९० मिलिग्राम र पन्तको साथबाट २४० मिलिग्राम खैरो हिरोईन जस्तो देखीने धुलो पर्दाथ फेला पारेको ईलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ ।
बिहिबार ईलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटीएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यस संगै गोदावरी नगरपालिका लागुऔषध तथा अपराधिक क्रियाकलाप गर्ने ट्रान्जीट प्वाईन्टको रुपमा परिचित हुदै आईरहेको यहाँका स्थानियहरुको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0