नवदुर्गा गाउँपालिका डडेल्धुराकाे चमा गाउँमा बल्यो बिजुली


डडेल्धुरा । नवदुर्गा गाउँपालिका–५ चमा गाउँमा बिजुली बलेको छ । २०७९ सालको चुनावका बेला नो ईलेक्ट्रिीसिटी नो भोटको नारा लागेको गाउँ चमा बल्ल बिजुली बलेको छ । बिजुली नहुदा चमागाउँबासी   स- साना सोलार हरुकाे प्रयोग गर्दै आईरहेका थिए । चमा गाउँबासी विगत छ वर्ष देखि गाउँमा बिजुली पुग्नु पर्ने माग राख्दै आईरहेका थिए । गत निर्वाचनमा हुने बेला सम्म गाउँमा बिजुली नपुगेको भन्दै चमाबासीले नो ईलेक्ट्रीसिटी नो भोट भन्दै चुनाव बहिस्कारको परिस्थितीमा पुगेको स्थानीय सुरेन्द्र बिष्टले बताए ।

बिजुलीको माग निरन्तर रुपमा राख्दै आएपछि अहिले बल्ल बिजुली बलेको उनले बताए । चमा वारीको सिरोड गाउँमा गत पुस महिनामा बिजुली बलेको थियो । चमा सिरोड गाउँ संगै अहिले वडा नं. ४ र ५ का दर्जन गाउँमा बिजुली बलेको गाउँपालिका अध्यक्ष लक्ष्मि अवस्थीले जानकारी मिडियालाई  दिए । हाल चमा, सिरोड संगै कटाल, काकाडपानी, खटौटे, चलकट्टे, ईसलेक लगायतका गाउँमा भने बिजुली बलेको छ ।


आर्थिक वर्ष २०७८/२०७९ मा करिब ५० लाख रकम बराकरको ठेक्का भए पछि हाल आएर गाउँमा बिजुली बलेको हो । गत वर्ष नै बिजुली बलिसक्नु पर्ने भए पनि ठेकेदारको लापर्वाहीका कारण ढिलो भएको उनले बताए । २०७८ अन्त्यमै बिद्युत विस्तारको काम सक्ने गरि दुई वटा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको थियो ।

नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रमेश अवस्थीका अनुसार पोल गाडेर ठेकेदार वेपत्ता भएका थिए । फोन सम्पर्कबाट पनि ठेकेदार वेपत्ता भए पछि पत्रिकामा सम्झौता रद्द गरिने र निर्माण कम्पनीलाई कालो सुचिमा राख्ने भनि सुचना निकालिएको थियो । त्यसपछि ठेकेदार सम्पर्कमा आई हाल बिद्युत विस्तारको काम सम्पन्न भएको छ । आरआर कन्ट्रक्सन र सकुन ईञ्जिनियरिङ्ग निर्माण सेवा संग अमरगढी नगरपालिका, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा बिद्युत विस्तरका लागी करिब ५० रुपियाँ रकमको ठेक्का सम्भौता भएको थियो । तर निर्माण कम्पनीहरु काम अधुरै छोडेर वेपत्ता भएका थिए ।

कार्यालय प्रमुख अवस्थीका अनुसार गत आर्थिक वर्षमा बिद्युत विस्तारको काम गर्न ३५ लाख रकम बराबरको भिन्ना भिन्नै तीन स्थान तोकिएर पुनः टेण्डर भएको थियो । यस्तै नवदुर्गा, अजयमेरु गाउँपालिका र आलिताल गाउँपालिका, परशुराम नगरपालिकामा पनि निर्माण व्यवसायी संगको ठेक्का सम्झौता मार्फत बिद्युत विस्तारको काम भईरहेको छ । हाल डडेल्धुराको ७५ प्रतिशत घरधुरीमा बिद्युतको पहुच पुगेको छ । बाँकी २५ प्रतिशत घरधुरीमा बिद्युतको पहुच पुगाउने काम भईरहेको र ठेकेदारले समयमै काम सम्पन्न गरे चालु आर्थिक वर्ष भित्रै सतप्रतिशत घरधुरीमा बिद्युतको पहुच पुग्ने कार्यालय प्रमुख अवस्थीको भनाई रहेकाेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0