अझै सुध्रिएन अत्तरियाकाे बदनाम गल्ली,याैन व्यवसाय गराउने दुई जना पक्राउ


अत्तरिया : कैलालीको गोदावरी २ पहाड रोडमा रहेको आदर्श गल्ली बाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डडेल्धुरा घन्टेस्वर  घर भई गोदावारी -२ आदर्श गल्लीमा बोकटी अछाम होटलका संचालक प्रकाश थापा र सोही होटेल मा बस्ने घोडाघोडी -२ बस्ने बिमला सुनार रहेका छन् ।

उनिहरु अनैतिक क्रियाकलापमा संलग्न रहेको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ ।

अादर्श गल्ली बिगतमा यस्तै क्रियाकलाप व्यावसायिक रूपमा हुन थालेपछि स्थानीयले ” बदनाम गल्ली” को नाम नै भनेर मिडियामा आएपछि असन्तुष्टि जनाउँदै नाम नै फेरेर आदर्श गल्ली राखेका थिए ।

तर पनि उक्त गल्लिमा अझै होटेलहरुमा अनैतिकता क्रियाकलाप रोकिएका छैनन् । प्रहरीले पटक पटक पक्राउ गर्दापनि अत्तरियामा याे समस्या व्यापक रुपमा दिनप्रतिदिन वढ्दै गईरहेकाे पाईन्छ ।