कैलालीको बुढितोलामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न ,अर्काे वर्ष हेलिकप्टर बाट विउ छरिने


अत्तरिया : शनिबार कैलालीको बुढितोला स्थित फोक्से डाँडाँमा यसवर्षकाे बृहत वृक्षारोपण कार्यक्रम गरिएको छ ।

प्लानेट ग्रिन नेपालको हरियाली अभियान अन्तर्गत गोदावरी नगरपालिका वडा नम्बर ४ बुढितोलाको सेती सामुदायिक वनको सहकार्यमा सोहि वनमा वृक्षारोपण गरिएको हो । ज्याकरान्डा,गुलमोहर,बेगमबली,असारे,मुसुन्डा,कल्की लगायतका करिब एक हजार बिरुवा रोपीएको हो ।

Sattewoti

कार्यक्रममा अभिनेत्री तथा एलिजा फाउन्डेसनकि केन्द्रीय  अध्यक्ष  एलिजा गाैतमसंगै बृहत जन सहभागिता रहेको थियो । सामुदायिक वनमा करिब १ हजार विरुवा रोपिएको प्लानेट ग्रीन नेपालका अध्यक्ष पुस्कर शर्मा जाेशीले  बताईएका छन ।

अाजकाे कार्यक्रममा  सहयोगि संस्थाहरुमा शसस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, प्लानेट मन्टेश्वरी, लाईन्स क्लब अफ अत्तरिया सिटि, एभरेष्ट एकेडेमी, थ्रिडिभिएल क्रियसन रहेका थिए भने बालग्रिस ट्रेडिङस प्रालिले व्यवस्थापन गरेको थियो ।

कार्यक्रममा सेति सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष प्रमुख अतिथि , ऐलिजा गाैतम विशिष्ठ अतिथि रहेका थिय भने सभापति पुस्कर शर्मा जाेशी रहेकाथिय र कार्यक्रम संचालक हरी भट्टराई ले गरेका थिए । यस्तै यस वर्षकाे वृहत वृक्षारोपण कार्यक्रममा वाेल्ने क्रममा कार्यक्रमका सभापति पुस्कर शर्मा जाेशी तथा कार्यक्रम  संचालक हरी भट्टराईले अर्काे वर्ष यस पहाडी क्षेत्रमा प्रावधिककाे सल्लाहमा हेलिकप्टरकाे प्रयाेग गरि वृक्षाराेपणलाई  थप प्रभावकारी वनाउन विउनै छरिने वताएका छन ।

स्राेतकाे पहिचानगरी ठुलाेमात्रामा श्रमदाताहरुकाे सहभागिता गराई अाफ्नाे ठाउ अाफै हरियाली वनाउ भन्ने गरि अाक्रामक तथा  अाअाफ्नाे क्षेत्रमा थप जिम्मेवार भई लाग्नुपर्ने समेत वताएका थिय ।