खोलाले लग्याे गन्यापधुरामा ६२ वर्षीय बृद्धाको ज्यान
डडेल्धुरा : खोलाले बगाउदा ६२ वर्षीय बृद्धाको ज्यान गएको छ । गन्यापधुरा गाउँपालिका–४, को खोला तर्ने क्रममा कुलेडी गाउँकी दुर्गा बोहराको ज्यान गएको हो । खरी खोला तर्ने क्रममा उनलाई बगाए पछि बेपत्ता भएकी थिईन । बिहिबार दिउसो देखि गन्यापधुरा लगायत डडेल्धुराका विभिन्न स्थानमा ठूलो वर्षा भएको थियो । बर्षाकै कारण खोला उर्लिएर आएको स्थानीयले बताए ।
खोलाले बगाउदा बेपत्ता भएको खबर टेलीफोन मार्फत स्थानीयले प्रहरीलाई गरेको थियो । उनको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए । उनि बगेको स्थानबाट एक किलोमिटर तल शव फेला परेको डिएसपि भट्टले बताए ।
खरी खोला गन्यापधुरा गाउँपालिकाको मुकाम बडालबाट पैदल एक घण्टाको दुरीमा पर्छ । बिहिबार दिउसो २ः३० बजेको समयमा बोहरालाई खोलाले बगाएको प्रहरी जनाएको छ ।