कैलाली टीकापुरमा एमालेका दुई नेतामाथि खुकुरी प्रहार


अत्तरिया : कैलालीको टीकापुरमा नेकपा एमालेका दुई जाना नेतामाथि खुकुरी प्रहार भएको छ। नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीमाथि खुकुरी प्रहार भएको छ।

ईलाका प्रहरी कार्यालय टीकापुरका अनुसार चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको बताएको छ।

अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ। शाह समूह नेपाली काँग्रेस निकट रहेको र राजनीतिक कारणले खुकुरी प्रहार भएको हुनसक्ने बताइएको छ। घटनाको थप विवरण खुल्न अझै बाँकी रहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0