अत्तरिया उद्योग वाणिज्य संघमा नौ सय मत गणना हुँदा अध्यक्षमा बोहराको अग्रता

उपाध्यक्ष वाणिज्यमा ४५५ मतकासाथ फागुराम चौधरीको अग्रता छ भने उनलाई ३९६ मतकासाथ देवराज भट्टले पछ्याईरहेका छन् । वस्तुगततर्फ ४३९ मतकासाथ चेतराज पन्तको अग्रता छ । उनलाई ४०२ मतकासाथ लक्ष्मण धामीले पछ्याईरहेका छन् । त्यसैगरी शंकर बहादुर ४२५ मत ल्याँउदा अर्जुन खड्काले ४१८ मत पाएका छन् । कोषाध्यक्षमा हेमराज भण्डारीले ४२५ मत पाँउदा दिपकराज भट्टले ४१८ मत ल्याएका छन् ।
त्यसैगरी सदस्यहरुमा रमेश भट्राई,बम बहादुर बोगटी,ज्ञानेन्द्र खड्का र मनोज सदासंकरको अग्रता रहेको छ । ११ पदका लागि हुने निर्वाचनका लागि २३ जनाले उम्मेदवारी दिएका छन । अध्यक्षमा कल्याण सिंह बोहरा, मिना देउवा प्यानल सहित चुनावि मैदानमा छन भने कवि राज भट्ट एकल रुपमा अध्यक्षका उम्मेदवार छन् । संघमा जम्मा पन्ध्र सय ६३ जना मतदाता रहेकोमा तेह्र सय एक मत खसेको थियो । मतगणना राती ११ बजेदेखी सुरु भएको थियो ।