अत्तरिया उद्याेग बाणिज्य संघको निर्बाचनमा बिहान ११ बजे सम्म कुल ४४३ मत खसे
बिहान ११ बजे सम्म ४ सय ४३ मत खसेको निर्बाचन अधिकृत वीर बहादुर जेठाराले बताएका छन । संघका कुल मतदाता १५ सय ६३ मतदाता रहेका छन् ।निर्बाचनले आगामी २ बर्ष को लागि नेतृत्व चयन गर्ने छ । संघ को अध्यक्ष को लागि कल्याण सिँ बोहरा, कबिराज भट्ट र मिना देउबा प्रतिस्पर्धा गर्दै छन् ।
देउबा र बोहरा प्यानल सहित चुनावी मैदानमा छन् । भट्टले भने अध्यक्ष मा मात्रै उम्मेदवारी दिएका छन् । महासचिब को लागि भने अर्जुन खड्का र शंकर खड्का चुनावी मैदानमा छन् । 
मतदान ४ बजे सम्म हुने निर्बाचन समितिले जनाएको छ । मतदान को लागि ३ वटा मतदान बुथ को ब्यबस्था गरिएको छ ।







