हरियाली अभियान निरन्तर अघि बढाउदै पोखरेल र हरियाली प्रेमि सुरेन्द्र जाेशी, विभिन्न क्षेत्रमा शुक्रबार नि वृक्षारोपण सम्पन्न
अत्तरियाः सामाजिक अभियन्ता दुर्गा कुमार पोखरेल रुख रोपौ अभियानमा बिगत बर्ष झै यस पाली पनि बृक्षारोपण कार्यमा निरन्तर अघि वढेका छन । सामाजिक अभियन्ता पोख्रेलका अनुसार गतबर्ष ३ हजार ८ सय रुख लगाएको जानकारी गराउदै यस बर्ष १० हजार रुख लगाउने लक्ष्य रहेको बताए ।
प्लानेट ग्रीन नेपाल गोदावरीका संस्थापक सल्लाहकार समेत रहेका पोखरेल २०७८ सालको स्थानिय चुनाबमा राप्रपा तर्फबाट गोदावरी नगरपालीकाको मेयर पदमा उम्मेदवारी दिएका थिए । रुख रहे जल रहन्छ,जल रहे जीवन रहन्छ त्यसैले म हरियाली अभियानको यात्रामा निरन्तर लागि रहेको छु भन्दै मठ मन्दिर, पाटीपौवा, सार्वजनिक स्थलमा ठाउँलाई सुहाउने खालका बोट बिरुवा रोप्दै आएका छन
शुक्रबार अाजै उनले कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा नम्बर ८ स्थित कृष्णपुर तथा मौरिफाटाको मन्दिरमा विभिन्न प्रजातिका विरुवा ( गुलमोहर, कल्की, अम्बा, छतिउन, राजबृक्ष) आदीका बिरुवा संरक्षणको जिम्मा सहित बोट बिरुवा रोपेको जानकारी गराएका हुन ।