सामाजिक अभियन्ता दुर्गा कुमार पोखरेलकाे अगुवाईमा वृक्षाराेपण गरियाे


अत्तरीया : गोदावरी नगरपालीका वडा नम्बर २ निवासी सामाजिक तथा हरियाली अभियन्ता दुर्गा कुमार पोखरेल लामाे समयदेखि रुख रोपौ अभियानमा होमिएका छन । बिगत केही बर्ष देखि हरियाली अभियानमा लागेका हरियाली अभियन्ता पोख्रेलले गतबर्ष ३ हजार भन्दा वढि रुखहरु लगाई सकेको बताए ।  यस बर्ष पनि साहि अभियानलाई निरन्तरता दिदै हजाराै रुख विरुवाहरु लगाउने  जानकारी गराए ।

प्लानेट ग्रीन नेपाल गोदावरीका संस्थापक सल्लाहकार सदस्य समेत रहेका पोखरेल गत सालकाे स्थानिय निर्वाचनमा   राप्रपाकाे तर्फबाट गोदावरी नगरपालीकाको मेयर पदमा उम्मेदवारी दिएका थिए । रुख रहे जल रहन्छ,जल रहे जीवन रहन्छ त्यसैले म हरियाली अभियानको यात्रामा निरन्तर लागि रहेको छु उनले भने ।

मंगलबार पाेखरेलकाे नेतृत्वमा कञ्चनपुरको,कृष्णपुर नगरपालीका वडा नम्बर ५ स्थित बनदेबी मन्दिरमा विभिन्न प्रजातिका डेढ सय विरुवा  हरियाली अभियन्ता हरुको सहयोगमा रोपेको बताएका छन । साथै गोदावरी नगरपालीका वडा नम्बर ३ कै शैलेश्वरी मन्दिरमा पनि थप पचास वटा विरुवा तथा दक्षिण टोलमा विभिन्न प्रजातीका बिरुवाहरु हस्तान्तरण गरेका छन ।

उक्त बिरुवाहरु बन डिभिजन कार्यालय गेटाले प्लानेट ग्रीन  नेपाल गोदावरी मार्फत उनलाइ उपलब्ध गराएको  बताए । आजको अभियानमा साथ दिएकोमा उनले गोदावरी नगरपालीका वडा नम्बर ३ का सुरेन्द्र राज जोशी लाई सामाजिक संजाल फेसबुक मार्फत विशेष धन्यबाद समेत  दिएका छन ।