अत्तरिया उद्याेग बाणिज्य संघ अधिबेशनमा कल्याण सिं बोहरा को प्यानल घोषणा
आज पत्रकार सम्मेलन को आयोजना गर्दै उनले टिम घोषणा गरेका हुन । जसको बरिस्ठ उपाध्यक्ष मा हालका महासचिव यज्ञराज जोशीलाई राखिएको छ ।
उक्त टिममा उपाध्यक्ष पदमा देबराज भट्ट र चेतराज पन्त रहेका छन् । यस्तै महासचिव मा शंकर खड्का , कोषाध्यक्ष मा हेमराज भन्डारी र सचिब मा दिपिन कुमार साउँदलाई राखिएको छ ।
पदाधिकारीमा भन्डारी मात्रै नंया अनुहार हुन अरु सबै पुरानै कार्यसमितिमा रहेका थिए । यस्तै सदस्य मा सोही टिमबाट ज्ञानेन्द्र खडका , मनोज सदाशंकर, बम बहादुर बोगटी र रमेश भट्टराई रहेका छन् ।
टिम घोषणा सभामा काँग्रेस का प्रदेश सांसदद्वय प्रकाश बहादुर बम र तुलसी देबकोटाको पनि उपस्थिति रहेको थियो ।
यस्तै सोही टिमलाई संघ का पुर्ब अध्यक्ष वसन्त रोकाया र निबर्तमान अध्यक्ष अशोकराज देबकोटाले पनि साथ दिएका छन् ।यस अधि मिना देउवा नेतृत्व को टिम घोषणा भैसकेको छ ।
संघमा नंया नेतृत्व को लागि असार २३ गते निर्बाचन हुँदै छ । संघका १५ सय ६३ जना मतदाता रहेका छन । कार्यसमितिकाे कार्यकाल २ वर्षकाे हुने विधानमा उल्लेख रहेकाे छ ।