अत्तरियामा २५ लाखको लगानीमा नमस्ते ब्याटमिन्टन इन्डोर कोर्ट बन्याे,साेमवार( भाेली) देखी सन्चालनमा आउदै


अत्तरिया  : कैलालीको अत्तरियामा नबनिर्मित ‘नमस्ते ब्याटमिन्टन इन्डोर कोर्ट’  साेमवार (भोली ) देखी सन्चालनमा आउने भएको छ । नमस्ते होटेलले सुबिधा सम्पन्न खेल मैदान निर्माण गरेको हो ।

आज पत्रकार सम्मेलन गरेरे कोर्टको बारेमा  पत्रकारलाई जानकारी दिएको हो । नमस्ते ब्याटमिन्टन इन्डोर कोर्टका सन्चालक लक्ष्मण धामी करिब २५ लाखको लगानीमा अत्याधुनिक कोर्ट बनाएको बताए । उनले रास्ट्रिय स्तरमा बनेका कोर्टहरु कै मापदण्डमा बनाइएको दाबी गरे ।

निजी क्षेत्रबाट ठुलो लगानीमा ब्याटमिन्टन इन्डोर कोर्ट निर्माण भएको भएपनी स्थानिय सरकारले  अब खेल क्षेत्रमा लगानी बढाउनु पर्ने उनको भनाई रहेको छ । सोही कार्यक्रममा बोल्दै गोदावरी -२ का वडा सदस्य एबम् ब्याटमिन्टन खेलाडी देबराज भट्टले यस क्षेत्रमा ब्याटमिन्टन खेलको प्रभाब राम्रो हुँदै गएको र इन्डोर खेल मैदानको अभाब भएकाले अब सहज हुने बताए ।

भट्टले भने -‘ बिगत केही बर्ष यता घर घरमा खेलाडीहरु कोर्ट बनाएर खेल्ने गरेका छन । अब यो मैदान बनेपछि सबै मौसममा खेल्न सहज हुन्छ ।’

खेल मैदान बनेपछि यस क्षेत्रका खेलाडी र बिधालयले पनी खेल मैदान प्रयोग गर्न सक्ने सन्चालक धामीको भनाई रहेको छ। नम्स्ते होटेलकै अगाडी खेल मैदान बनेको हो । इन्डोर कोर्ट निर्माण भएपछि जाडो, गर्मी र हुरी बतासको समयमा पनि सधैं  खेल खेल्न सहज हुने वताएका छन ।