आत्माहत्या गर्न वाध्य पारिएकी अस्मिताको न्यायका निम्ती अत्तरियामा दिप प्रज्वलन


अत्तरिया :    बलत्कार भएपछी सहन गर्न नसकी आत्माहत्या गरेकी अस्मिता बोहराको न्याय र उनको आत्मा को सान्ती को कामना गर्दै  शनिबार साझ अत्तरिया चोकमा स्थानिय समाजसेवी तथा विद्यार्थीहरुकाे सहभागितामा हाेलील्याण्ड परिवार तथा पिडित परिवारद्वारा दिप प्रज्वलन गरिएको छ।

No description available.

पिडित परिवार तथा होलिल्यान्ड एकेडेमी सेकन्डरी स्कुल अत्तरियाले आयोजना गरेको उक्त कार्यक्रमका संयाेजक समाजसेवी ब्यक्तित्व दुर्गा कुमार पोखरेलले गर्नु भएको थियो।

No description available.

सो कार्यक्रममा संन्योजक दुर्गा कुमार पोखरेल तथा युवा समाजसेवी लोकराज पान्डे, समाजसेवी पुस्कर  शर्मा    जाेशीले अस्मितालाई न्याय प्रदान गर्न आफुहरु जुनसुकै निकाय सङ्ग पनि आवाज उठाउने र सबै दोशी हरुमाथी कडा भन्दा कडा सजाय को माग राख्नुभएको थियो।

No description available.दिपप्रज्वलन कार्यक्रममा अस्मिता का आमा बाबू,इस्टमित्र,होलिल्यान्ड तथा अन्य बिद्यालय का छात्र छात्रा गरि थुप्रै  जनाको उपस्थिती रहेको थियो।