अश्मीको न्यायका लागि अत्तरियामा अाफन्तद्वारा प्रदर्शन
फारवेष्ट खबर / अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ४ बसन्तपुरकी १८ बर्षीय अश्मीकोे न्यायका लागि अत्तरियामा अाफन्तले प्रदर्शन गरेका छान । असार ९ गते आफ्नै घरमा मृत फेला परेकी अश्मीलाई आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाहीको माग गर्दै अत्तरियामा प्रदर्शन गरिएको हो ।
नेपालगंजमा अध्ययनरत अस्मितामाथी नेपालगंजमै बलात्कृत भएको र, कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर आत्महत्या गरेको आफन्तको दावी रहेकाे छ ।
प्रहरीले अश्मीको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका – ३ का २१ बर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ । अश्मीका आफन्तले मंगलबार शाही र अश्मीकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख गणेश बरालले बताएका छन । उनले अश्मी संगै नेपालगंजमा रहेको अलाईट टेक्निकल कलेजमा पढ्ने लक्ष्मी खड्काको खोजी गरिरहेको बताएका छन ।
६ महिना देखि अलाईट टेक्निकल कलेजमा अप्थामालोजी (नेत्र विज्ञान) बिषयमा अध्ययनरत अश्मी कलेजकै होस्टिलमा बस्दै आएकी थिइन । उनीमाथी सोही कलेजमा पढ्ने लक्ष्मीको घरमा गएको बेला बलात्कार भएको परिवारको दावी रहेकाे छ ।
बुधबार दिउसाे आफन्तले अश्मीका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै अत्तरिया बजारमा प्रदर्शन गरेका थिए ।